काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई टेलिफोन गरी रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
रास्वपाका अनुसार टेलिफोन संवादका क्रममा रुबियोले बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको साथ रहेको बताएका थिए।
वार्ताका क्रममा लामिछानेले बाढीपछि सरकारले खोजी तथा उद्धारसँगै राहतका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी गराएका थिए।
उनले विपद्मा परेका नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षालाई पनि सरकारले समान प्राथमिकतामा राखेको बताएका थिए।
लामिछानेले संकटका बेला अमेरिकाले व्यक्त गरेको ऐक्यबद्धता तथा सहयोगका लागि रुबियोमार्फत अमेरिकी सरकारप्रति आभार व्यक्त गरेका छन्।














प्रतिक्रिया दिनुहोस्