images
images

सीता परियारको मार्मिक तीज गीत ‘सौता उपहार’ सार्वजनिक

काठमाडौँ । गायिका सीता परियारको स्वरमा रहेको नयाँ तीज गीत ‘सौता उपहार’ सार्वजनिक भएको छ। नेपाली चेलीले पराइ ङरमा भोग्नुपर्ने दुःख, पीडा र भावनात्मक अवस्थालाई गीतमार्फत कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

गीतमा दिपक पौडेलको शब्द तथा लय सिर्जना रहेको छ भने तारानाथ आचार्यले संगीत संयोजन गरेका छन्। मौलिक तीजको भावना र मर्मलाई समेटिएको गीतको अडियो तथा भिडियोसमेत आकर्षक बनेको छ।

गीतको भिडियो निर्देशन पनि तारानाथ आचार्यले गरेका हुन्। भिडियोमा उषा सुवेदी, दिपक पौडेललगायतका कलाकारको अभिनय रहेको छ। कलाकारहरूको अभिनयले गीतले उठाएको विषयलाई थप प्रभावकारी बनाएको छ।

तीजको मौलिकता र नेपाली चेलीका भावनालाई केन्द्रमा राखेर तयार पारिएको ‘सौता उपहार’ यस वर्ष सार्वजनिक भएका तीज गीतमध्ये उत्कृष्ट गीतका रूपमा लिन सकिने देखिन्छ। गीतले नेपाली समाजमा चेलीले भोग्दै आएका दुःख र पारिवारिक अवस्थालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्