काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १३ लाख ५६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। कम्पनीले संस्थापक समूहमा रहेको उक्त शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको थियो। गत वैशाख १५ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरूबाट खरिद आवेदन माग गरिएको थियो।
तर, तोकिएको अवधिमा संस्थापक शेयरधनीहरूबाट पर्याप्त खरिद आवेदन नपरेपछि बाँकी शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।
इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदनका लागि आवश्यक कागजातसहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।
कम्पनीले तोकिएको समयभित्र प्राप्त आवेदनका आधारमा प्रचलित नियम तथा प्रक्रियाअनुसार शेयर बिक्री तथा बाँडफाँट गर्ने जनाएको छ। संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला भएसँगै इच्छुक लगानीकर्ताले कम्पनीले तोकेको प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्।














प्रतिक्रिया दिनुहोस्