काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल कम्युनिस्ट पार्टी (मसाल)बीच सहकार्य गर्ने सहमति भएको छ।
बुधबार तीन दलबीच भएको छलफलपछि दुईबुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको हो। सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार लुम्बिनी प्रदेशमा सरकार गठन तथा प्रदेशका विकास निर्माणका काममा तीन दलले सहकार्य गर्नेछन्।
त्यस्तै राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा समेत सहकार्य गर्ने तीन दलबीच सहमति भएको छ।














प्रतिक्रिया दिनुहोस्