काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो केन्द्रीय समितिको बैठकबाट पार्टीका विभिन्न आयोगको नेतृत्व चयन गरेको छ। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि बसेको बैठकले निर्वाचन, लेखा र अनुशासन आयोगको नेतृत्व टुंगो लगाएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री हरि ढकालले पहिलो महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णयसमेत गरिएको जानकारी दिए।
उनका अनुसार निर्वाचन आयोग र लेखा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिइएको छ। भने अनुशासन आयोगको प्रमुखमा उच्च अदालत कास्कीका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको छ।
रास्वपाले नयाँ नेतृत्व चयनसँगै पार्टीका आयोगहरूलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्