काठमाडौं । लोकप्रिय गायक तथा सर्जक हेमन्त खड्काको नयाँ मौलिक गीत ‘खाना मिठो थकाली भान्सा’ सार्वजनिक भएको छ।
नेपालका चर्चित परिकार तथा प्रेमभावनालाई समेटेर तयार पारिएको उक्त गीतको भिडियो हेमन्त खड्का युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा शब्द तथा लय हेमन्त खड्काकै रहेको छ भने उनलाई स्वरमा चर्चित गायिका सरिता सुनारले साथ दिएकी छन्। गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन्।
भिडियोलाई निर्देशक प्रविण थापाले निर्देशन गरेका छन्। भिडियोमा मोडल लोमश शर्मा, रचना न्यौपाने र सन्ध्या आचार्यको अभिनय रहेको छ। गीतको कथावस्तु सञ्चारकर्मी कृष्ण आचार्यले तयार पारेका हुन्।
जनता फिल्म्सको निर्माण रहेको भिडियो काठमाडौंको ठमेलस्थित होटल दि युनिभर्सलमा छायांकन गरिएको हो। भिडियोको सम्पादन नवीन घर्तीले गरेका छन्।
सार्वजनिक भएको गीतले नेपाली खानाका परिकारको स्वाद र प्रेमको भावनालाई आकर्षक ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्