images
images

समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौँमा समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले रकम फिर्ता दिने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। सोमबार मात्रै ३ सय ७८ जना पीडितलाई कुल १३ लाख ९९ हजार २ सय १६ रुपैयाँ फिर्ता गरिएको हो।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार, कान्तिपुर सहकारी का २ सय १५ जनाले ९ लाख ८९ हजार ७ सय १६ रुपैयाँ प्राप्त गरेका छन्। त्यसैगरी पशुपति सहकारी का ७ जनालाई ४१ हजार ४ सय ६५ रुपैयाँ र शिवशिखर सहकारी का १ सय ५६ जनालाई ३ लाख ६८ हजार ३५ रुपैयाँ फिर्ता गरिएको छ।

समितिका अध्यक्ष डिल्लीराज आचार्य का अनुसार, यसअघि घोषणा गरिएअनुसार १० हजार रुपैयाँभन्दा कम बचत भएका पीडितलाई प्राथमिकतामा राखेर रकम वितरण सुरु गरिएको हो।

यो प्रक्रिया अब निरन्तर रूपमा अघि बढ्ने जनाइएको छ, जसले सहकारी संकटमा परेका साना बचतकर्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्