images
images

ललित र सन्दीपको घातक बलिङमा स्कटल्यान्ड १९४ रनमै समेटियो

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डलाई १९४ रनमै समेटेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली ३९.१ ओभरमा १९४ रन बनाउँदै अल आउट भयो।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट हात पारे। त्यस्तै सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीनन्दन यादवले समान १–१ विकेट लिए।

नेपालको कसिलो बलिङसामु स्कटल्यान्डका ब्याटर टिक्न सकेनन्। स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले ७३ रन तथा मिचेल इङ्लिसले ५१ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

जारी त्रिकोणात्मक सिरिजमा नेपाल र स्कटल्यान्डबीचको यो दोस्रो भेट हो। पहिलो खेलमा स्कटल्यान्ड विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्