images
images

इन्टरनेट सेवामा क्लासिक टेकको वृद्धि, ग्राहक विस्तारमा दोस्रो स्थान

काठमाडौं । ग्राहकहरूको आकर्षण निरन्तर बढ्दै गएको हालै सार्वजनिक तथ्यांकले देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमध्ये क्लासिक टेकले उल्लेखनीय रूपमा नयाँ ग्राहक थप्न सफल भएको हो ।

प्राधिकरणको तथ्यांकअनुसार २०८२ सालको फागुन महिनामा क्लासिक टेकका कुल ग्राहक संख्या २ लाख ७९ हजार ८४८ रहेकोमा चैत्र महिनामा बढेर २ लाख ८३ हजार ३७१ पुगेको छ । यस अवधिमा कम्पनीले ३ हजार ५२३ नयाँ ग्राहक थपेको देखिएको छ । नयाँ ग्राहक थप्ने दरमा क्लासिक टेक दोस्रो स्थानमा रहेको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको ग्राहक संख्या

ISPs चैत्र २०८२ फागुन २०८२ अन्तर
WorldLink 1,073,654 1,068,329 +5,325
Classic Tech 283,371 279,848 +3,523
Vianet 357,771 354,894 +2,877
Nepal Telecom 351,725 350,013 +1,712
Dish Home 374,319 379,299 -4,980
Subisu 262,849 260,724 +2,125
CG Net 88,738 87,539 +1,199

कम्पनीका अनुसार सहुलियत मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउनु तथा अत्याधुनिक प्रविधियुक्त वाइफाइ–६ राउटर साना देखि ठूला सबै प्याकेजमा उपलब्ध गराइनुले ग्राहक आकर्षण बढेको हो । क्लासिक टेकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका ३ महिने तथा वार्षिक प्याकेजमा समेत वाइफाइ–६ राउटर उपलब्ध गराउँदै आएको जनाएको छ ।

इन्टरनेट जस्तो अत्यावश्यक सेवामा ग्राहक समर्थन तथा प्राविधिक सेवा भने कम्पनीका लागि चुनौतीपूर्ण रहँदै आएको कम्पनीले जनाएको छ । विशेषगरी वर्षायाममा मौसम परिवर्तन, फाइबर लाइन क्षति तथा विभिन्न प्राविधिक समस्याका बाबजुद पनि कम्पनीले सेवा विस्तार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको बताएको छ ।

केही समयअघि क्लासिक टेकले ग्राहक समर्थन तथा टेक्निकल फिल्ड सपोर्ट सेवा सुधारका लागि विशेष सेवा अभियान सञ्चालन गरेको थियो । कम्पनीका अनुसार नयाँ ग्राहक विस्तारसँगै विद्यमान ग्राहकलाई प्रभावकारी सेवा उपलब्ध गराउनु पनि उत्तिकै प्राथमिकतामा रहेको छ ।

घरायसी सेवासम्बन्धी सहयोगका लागि ग्राहकहरूले ९८०२९२२३०४ मा सम्पर्क गर्न सक्नेछन् भने अफिसियल तथा कर्पोरेट सपोर्टका लागि ९८०२६२२३०३ नम्बरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । साथै, क्लासिक टेक मोबाइल एपमार्फत पनि ग्राहकहरूले आफ्नो समस्या वा सेवा सम्बन्धी टिकट दर्ता गर्न सक्ने व्यवस्था रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्