काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाइएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको जनाएको हो ।
प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम उक्त निर्णय गरिएको स्पष्ट पारेको छ । सूचनाअनुसार कम्पनीले अब पुनर्बीमा दाबी भुक्तानी गर्ने र यसअघि भएका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन गर्ने कार्य मात्रै गर्न पाउनेछ ।
प्राधिकरणले २०८३ वैशाख २९ गतेको निर्णयअनुसार २०८३ वैशाख ३१ गते सूचना प्रकाशित गर्दै सम्बन्धित सरोकारवालालाई जानकारी गराएको हो ।
पछिल्लो समय कम्पनीका केही प्रमुख शेयरधनीमाथि वित्तीय अनियमितता र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ । विवादित व्यवसायी दीपक भट्ट, शाहिल अग्रवाल र शेखर गोल्छालगायतको नाम अनुसन्धानमा जोडिएको छ ।












प्रतिक्रिया दिनुहोस्