काठमाडौँ — नेपाल आयुर्वेदिक औषधि उत्पादक संघको ८ औँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। आज सम्पन्न निर्वाचन प्रक्रियाबाट बुद्धिमान शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको हो।
संघको वरिष्ठ उपाध्यक्षमा डा. सुमन पौडेल तथा उपाध्यक्षमा विनोद अधिकारी चयन भएका छन्। महासचिवमा पिताम्बर आचार्य, सचिवमा डिल्लीप्रसाद घिमिरे, कोषाध्यक्षमा अर्जुन पौडेल र सह–कोषाध्यक्षमा मीनप्रसाद ढकाल पनि निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी, सदस्यहरूमा सिद्धार्थ खण्डेवाल, नारायण सापकोटा, मनिष कुमार झा, जिना पौडेल र राजुप्रसाद अधिकारी चयन भएका छन्। सबै पदमा एकल उम्मेदवारी परेपछि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको निर्वाचन समितिले जनाएको छ।
नवनिर्वाचित कार्यसमितिले नेपालमा आयुर्वेदिक औषधि उत्पादनलाई आधुनिक प्रविधिसँग जोड्दै स्वदेशी कच्चा पदार्थको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। साथै, आयुर्वेदिक क्षेत्रका व्यवसायीहरूको हकहित संरक्षण र नीतिगत सुधारका लागि छिट्टै कार्ययोजना सार्वजनिक गर्ने संघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्