images
images

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, प्रधानमन्त्री बालेन शाहलाई बुझाए पत्र

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले पदबाट अलग हुने निर्णय व्यक्तिगत कारण र समसामयिक परिस्थितिसँग सम्बन्धित रहेको संकेत गरेका छन्।

प्रधानमन्त्री शाहले पदभार सम्हालेकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए, जसअनुसार गुरुङ सोही दिन गृहमन्त्रीमा नियुक्त भएका थिए। छोटो कार्यकालमै उनको राजीनामा आएको हो।

प्रतिक्रिया दिनुहोस्