काठमाडौं । सर्जक तथा गायक राजन कार्कीको गीत सार्वजनिक भएको छोटो समयमै चर्चा र विवादमा आएको छ । गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाउँदै आए पनि आलोचना पनि खेपिरहेको छ ।
गीतमा गाउँको मायालाई प्रस्तुत गर्न खोजिएको छ भने भिडियोमा माओवादी जनयुद्धसँग सम्बन्धित दृश्यसमेत समेटिएको छ । सोही दृश्यका कारण विवाद उत्पन्न भएको जनाइएको छ ।
उक्त गीतमा शब्द तथा लय राजन कार्कीकै रहेको छ भने स्वरमा शान्ती श्री परियारले साथ दिएकी छन् । निर्देशन विशाल घिमिरेले गरेका हुन् । गीतमा देवेन्द्र बव्लु र लक्ष्मी थापाको अभिनय देख्न सकिन्छ भने बाल कलाकार अग्रता कार्कीसमेत समावेश छिन् । संगीत संयोजन पूर्ण संयोगले गरेका हुन् ।
गीत सार्वजनिक भएपछि कार्कीले उक्त भिडियोमा देखाइएको जनयुद्धको दृश्यलाई फरक ढंगले प्रस्तुत गर्न खोजिएको स्पष्ट पार्दै सम्पूर्ण सामग्रीलाई कलाको रूपमा बुझ्न आग्रह गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्