images
images

सर्वोच्च अदालतको आदेश–पूर्वमन्त्री दिपक खड्का थुनामुक्त

काठमाडौं । सर्वोच्च अदालत ले नेपाली कांग्रेस का नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का लाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि चैत १५ गते पक्राउ परेका खड्कालाई रिहा गर्न उनकी श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लश्रीकान्त पौडेल को संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो ।

अदालतले उनलाई रिहा गर्नेसँगै विदेश जानुअघि अनुमति लिनुपर्ने सर्तसमेत तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्