काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र पाँच कम्पनीबीच बुक बिल्डिङ्ग विधिअनुसार सेयर निष्कासनका लागि सम्झौता भएको छ ।
सम्झौतामा नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड सहभागी छन् ।
यी कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयर निष्कासन गर्न नेप्सेसँग सहकार्य गरेका हुन् । यसअन्तर्गत शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गरिनेछ ।
यस प्रक्रियामा ठूला संस्थागत लगानीकर्ताहरूले पहिले सेयरको मूल्य प्रस्ताव गर्नेछन् । सोही प्रस्तावका आधारमा अन्तिम मूल्य निर्धारण गरिने व्यवस्था रहेको छ ।














प्रतिक्रिया दिनुहोस्