काठमाडौं । माया र विछोडको भाव समेटिएको नयाँ गीत सार्वजनिक भएको छ । चर्चित सर्जक तथा गायक हेमन्त खड्का को शब्द र विवि अनुरागी को संगीतमा तयार भएको ‘पाउनु मात्र रहेनछ’ बोलको गीत गायिका समिक्षा अधिकारी को सुमधुर आवाजमा सार्वजनिक गरिएको हो ।
लोकदोहोरी क्षेत्रमा परिचित हेमन्त खड्काले आधुनिक गीतमा पनि आफ्नो सशक्त लेखन प्रस्तुत गरेका छन् । केही वर्षअघि पुरुष आवाजमा सार्वजनिक भई चर्चा पाएको उक्त गीतलाई यसपटक महिला स्वरमा पुनः प्रस्तुत गरिएको हो ।
हाल अडियो संस्करण सार्वजनिक गरिएको यस गीतको भिडियो पनि छिट्टै ल्याउने तयारी भइरहेको सर्जक खड्काले जानकारी दिएका छन् । गीतमा प्रेमसँगै विछोड पनि मायाकै एउटा रूप भएको सन्देश प्रस्तुत गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्