images
images

मन्त्रीहरुको सम्पत्तिमा सुनै सुन देखेपछि हर्क साम्पाङ भन्छन् – ‘स्रोतबिनाको सम्पत्ति भ्रष्टाचार नै हो ’

काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले सरकारमा रहेका मन्त्रीहरूको सार्वजनिक गरिएको सम्पत्तिको स्रोत पनि खुलाउन माग गरेका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुनु सकारात्मक भए पनि त्यो सम्पत्ति कसरी आर्जन गरियो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताएका हुन्।

साम्पाङले सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति कति छ भन्ने विवरण मात्र आउनु पर्याप्त नभएको उल्लेख गर्दै त्यसको स्रोत पनि पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने बताए। स्रोत नखुलेको सम्पत्ति घुमाइफिराइ गरिएको भ्रष्टाचारको रूपमा बुझिन सक्ने उनको भनाइ छ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो। अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो। स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ। स्रोत प्रष्टाइदिनु पर्छ। जय देश।”

प्रतिक्रिया दिनुहोस्