भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह लाई भारत भ्रमणको निमन्त्रणा दिएपछि सरकारले त्यसका लागि आन्तरिक तयारी अघि बढाएको छ। तर यसबारे औपचारिक घोषणा भने अझै सार्वजनिक गरिएको छैन।
परराष्ट्रमन्त्री शिशिर खनाल का अनुसार प्रधानमन्त्री मोदीले निम्ता दिइसकेका छन् र प्रधानमन्त्री बालेन्द्र शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेका छन्।
हाल नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मौरिससमा रहेका मन्त्री खनालले एक अन्तरवार्ताका क्रममा मोदीले बधाई सन्देशसँगै भारत भ्रमणको प्रस्ताव राखेको र त्यसमा नेपाल सरकारले सहमति जनाएको जानकारी दिए।
उनका अनुसार भ्रमणको मिति भने अझै तय भइसकेको छैन। “प्रधानमन्त्रीले निमन्त्रणा स्वीकार गरिसक्नुभएको छ, अब मिति र समय दुवै देशका संयन्त्रले मिलाएर तय गर्नेछन्,” उनले बताएका छन्।
यसैबीच, मन्त्री खनालले मौरिससमै भारतका विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको र नयाँ सरकारका प्राथमिकताबारे समेत कुराकानी भएको उनले बताएका छन्।











प्रतिक्रिया दिनुहोस्