काठमाडौं । चर्चित गायक सुरज पण्डित र गायिका समीक्षा अधिकारीको आवाजमा नयाँ आधुनिक गीत ‘मान्छे न्यायाधीश बन्छ’ भर्खरै सार्वजनिक भएको छ ।
उत्कृष्ट शब्द र संगीतसहित तयार पारिएको यो गीत पछिल्लो समय नेपाली समाजमा भइरहेका घटनासँग मेल खाने खालको रहेको छ । गीतका शब्द युवा सर्जक बाबु विनोदले सिर्जना गरेका हुन् भने संगीत गायक सुरज पण्डितकै रहेको छ ।
गीतको म्युजिक भिडियो विशाल घिमिरेको कथामा तयार गरिएको हो, जसमा सुशील गैरे, देवी गैरे, विराज बास्कोटालगायत अन्य बाल कलाकारहरूको अभिनय देख्न सकिन्छ । गीतको संगीत संयोजन कुशल सिंहले गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्