पुष्पल शर्माले शब्द लेखेको उक्त गीतमा लय ऋषि खड्काले सिर्जना गरेका छन्। गीतमा चर्चित गायक कुशल बेलबासे र शान्ति श्री परियारले स्वर दिएका छन्। अडियो र भिडियो दुवै पक्ष मजबुत रहेको देखिन्छ।
गीतको भिडियो निर्माणमा पनि विशेष मेहनत गरिएको छ। भिडियोमा सागर लम्साल र रोशनी कार्कीको अभिनय रहेको छ भने निर्देशन निशान बानियाँले गरेका छन्। उत्कृष्ट कथा र प्रस्तुतीका कारण भिडियो पनि दर्शकमाझ लोकप्रिय बन्दै गएको छ।













प्रतिक्रिया दिनुहोस्