काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता नारायण कँडेल ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले उनलाई शपथ गराएकी हुन्।
कँडेल यसअघि रवि लामिछाने का कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए। उनलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्तामा नियुक्त गर्ने निर्णय गरेको थियो।













प्रतिक्रिया दिनुहोस्