काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नाम अनुमोदन गरेको जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका छन्।
उनका अनुसार खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम सूचीमा समावेश गरिएको छ।
टुंगो लगाइएको उक्त नामावली आजै निर्वाचन आयोग मा बुझाइने प्रवक्ता झाले बताएका छन्। सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने प्रवक्ता झाले जानकारी दिए ।
यद्यपि, यी क्लस्टरबाट को–को परे भन्ने विषयमा पार्टीले हालसम्म खुलाएको छैन। निर्वाचन आयोगले नामावली रुजु गरेर अनुमोदन गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले बताएका छन्।












प्रतिक्रिया दिनुहोस्