जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनका क्रममा विभिन्न अस्पतालमा उपचार गराइएका घाइतेहरूको विवरण सङ्कलन गरी सार्वजनिक गरेको हो। मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार देशभरका ९९ अस्पतालमा उपचार गराइएका दुई हजार ६३८ जना घाइतेको विवरण प्राप्त भएको छ।
उनले आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिएको भए पनि केही अस्पतालबाट विवरण ढिलो प्राप्त भएकाले सार्वजनिक गर्न समय लागेको बताए। सङ्कलित सबै विवरण गृह मन्त्रालयलाई पठाइसकिएको पनि उनले जानकारी दिए।
मन्त्रालयका अनुसार गत असोज ३१ गते दुई हजार ५२२, माघ ४ गते ७७ र यही फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको छ।
सबैभन्दा धेरै चार सय ५८ जना घाइतेको उपचार निजामती कर्मचारी अस्पतालमा गरिएको छ। यस्तै नेपाल पुलिस अस्पतालमा २०३, राष्ट्रिय ट्रमा सेन्टरमा १९० र त्रिवि शिक्षण अस्पतालमा १०८ जनाको उपचार गरिएको मन्त्रालयले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्