पोखरा । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको २८ फागुनमा हृदयघातका कारण निधन भएको छ। उनलाई पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले थापाको निधन पुष्टि गरेका छन् भने अस्पताल स्रोतले पनि त्यसको जानकारी दिएको छ।
थापा कास्की कमिटीले आज आयोजना गरेको चुनावी समीक्षा बैठकमा ढलेका थिए। उनी २०५४ सालमा पोखराका मेयर निर्वाचित भएका थिए। २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य र २०७९ मा पोखराको मेयरको निर्वाचनमा पराजित भएका थिए।
यसपटकको चुनावमा थापाले टिकट पाएका थिए, तर पछि टिकट रश्मी आचार्यलाई दिइएको थियो। कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष थापा जेनजी आन्दोलनपछिको एमाले महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका थिए।












प्रतिक्रिया दिनुहोस्