images
images

चुनावको मुखमा सिंगापुर उडे शेरबहादुर देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावको मुखमै सिंगापुर प्रस्थान गरेका छन्। स्वास्थ्य उपचारका लागि भन्दै उनी बुधबार राति ११:३० बजे सिंगापुर एयरलाइन्स को उडानबाट सिंगापुर गएका उनकाे सचिवालयले जनाएको छ।

पार्टी नेतृत्वमा गगन थापा आएपछि देउवा सक्रिय राजनीतिबाट प्रायः अलग देखिएका छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित निवासमै उनीमाथि कुटपिट भएको थियो। त्यसबेला पनि उनले सिंगापुरमै उपचार गराएका थिए।

देउवाको गृहजिल्ला डडेल्धुरा बाट यसपटक कांग्रेसले नैनसिंह महर लाई उम्मेदवार बनाएको छ। तर, देउवाले आफ्ना उम्मेदवारका पक्षमा खुलेर मत माग्ने चासोसमेत नदेखाएको चर्चा छ। उनी मतदान गर्न स्वदेश फर्कन्छन् वा फर्कँदैनन् भन्ने विषय अन्योलमै रहेको छ।

प्रतिक्रिया दिनुहोस्