images
images

अमरेशकुमार सिंहको आक्रामक भाषण : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्ने अभिव्यक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका डा। अमरेशकुमार सिंहले आगामी प्रधानमन्त्री बालेन शाह नै बन्ने दाबी गरेका छन्। उनले बालेन शाह प्रधानमन्त्री नबने जनकपुर आएर आत्मदाह गर्ने अभिव्यक्ति दिएका छन्।

सार्वजनिक कार्यक्रममा बोल्दै सिंहले धार्मिक र भावनात्मक सन्दर्भ जोड्दै आफ्नो भनाइ दोहोर्‍याएका थिए। “हामी सीता माताका सन्तान हौँ। सीता माता यही धर्तीमा समाहित भएकी थिइन्। बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,” भन्दै उनले पुनः जोड दिए, “बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु।”

कार्यक्रममा उनले बालेन शाहलाई ‘देशको महानायक’को संज्ञा दिँदै गम्छा देखाएर मत मागेका थिए। “म हात जोडेर भन्छु, मसँग केही छैन। केवल आग्रह गर्छु—तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ,” भन्दै सिंहले आक्रामक शैलीमा भाषण गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्