काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मेयर पदबाट राजीनामा दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन्। राजीनामा पश्चात् उनी पार्टी कार्यालय पुगेर वरिष्ठ नेताको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन्।
महानगरपालिका स्रोतका अनुसार शाहले आजै मेयर पदबाट औपचारिक रूपमा राजीनामा दिएका हुन्। राजीनामा दिएपछि उनी सिधै रास्वपाको केन्द्रीय कार्यालय पुगेका थिए, जहाँ पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूले उनको स्वागत गरेका थिए।
मेयर पदबाट राजीनामा दिएर सक्रिय केन्द्रीय राजनीतिमा प्रवेश गरेपछि बालेन्द्र शाहको भूमिकालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ। उनको कदमलाई आगामी राजनीतिक घटनाक्रम र सम्भावित निर्वाचनसँग जोडेर हेरिएको छ।










प्रतिक्रिया दिनुहोस्