बालेन शाहले दिए मेयर पदबाट राजीनामा
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले आज दिउँसोदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।
मेयर शाहले आफ्नो राजीनामा उपमेयर सुनिता डंगोलसमक्ष बुझाएका छन्। राजीनामापछि महानगरपालिकामा नेतृत्व परिवर्तनको प्रक्रिया सुरु हुने भएको छ।
बालेन शाह आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका छन्। राजीनामा दिएलगत्तै उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय जाने कार्यक्रम रहेको छ।
रास्वपाले उनलाई वरिष्ठ नेता घोषणा गरिसकेको छ भने आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा समेत अगाडि सारेको जनाएको छ।
स्थानीय तहबाट केन्द्रीय राजनीतिमा बालेन शाहको औपचारिक प्रवेशले राष्ट्रिय राजनीतिमा ठूलो तरंग ल्याउने अपेक्षा गरिएको छ।










प्रतिक्रिया दिनुहोस्