काठमाडौँ – सरकारले छुर्पी र मस्यौरा उत्पादनका लागि नयाँ गुणस्तर मापदण्ड तोकेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यी खाद्यवस्तुमा कायम हुनुपर्ने गुणस्तरका तत्व र हानिकारक तत्वको सीमाबारे विवरण दिएको छ।
छुर्पी अमेरिका लगायत देशमा ठूलो परिमाणमा निर्यात हुने उत्पादन हो। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको छुर्पी निर्यात भएको थियो। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार छुर्पी नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा १३औँ स्थानमा पर्छ।
छुर्पीको मापदण्ड
- स्वच्छ र सफा, चारित्रिक स्वाद र बास्ना भएको हुनुपर्नेछ।
- ढुसी, कीरा, सडेको भाग, कुनै जैविक वा अजैविक अखाद्य पदार्थ प्रयोग गर्न नहुने।
- अखाद्य तत्वमा ढुंगा, बालुवा, काँच, प्लास्टिक, माटो, धातुका टुक्रा, कपाल, भुस, चोकर, कपडा, कीरा वा मरेको जनावरको अंश आदि पर्दैन।
- जीवनाशक विषादी, हेभी मेटल्स, सूक्ष्म जीवाणु र टक्सिन्सको मात्रा मन्त्रालयले तोकेको सीमाभन्दा बढी नहुने।
- उत्पादन, प्रशोधन, प्याकेजिङ, भण्डारण र ढुवानीमा स्वच्छता कायम हुनुपर्ने।
- ई-कोली जस्ता सूक्ष्म जैविक तत्व प्रतिग्राममा र साल्मोनेला प्रति २५ ग्राममा अनुपस्थित हुनुपर्ने।
- प्याकेजिङ र लेबलिङमा खाद्य स्वच्छता ऐन, २०८१ अनुसार नाम, उत्पादक, ठेगाना, तौल, मूल्य, ब्याच नम्बर, उत्पादन मिति र पोषण जानकारी उल्लेख हुनुपर्ने।
मस्यौराको मापदण्ड
-
स्वच्छ र सफा, चारित्रिक स्वाद र बास्ना भएको हुनु पर्ने।
-
उत्पादन, प्रशोधन र भण्डारणमा स्वच्छता कायम गर्नुपर्ने।














प्रतिक्रिया दिनुहोस्