काठमाडौँ । नेपाली कांग्रेसका पाँच प्रदेशका सभापतिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको ठहर गर्दै नियमित महाधिवेशनमै केन्द्रित हुन आग्रह गरेका छन्।
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै कोशी प्रदेशका सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीलाई नियमित महाधिवेशनतर्फ अघि बढाउन अपील गरेका हुन्।
उक्त संयुक्त विज्ञप्ति कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेश गरिएको छ। तर विज्ञप्तिमा संस्थापन इतर पक्षसँग नजिक मानिने गण्डकी र लुम्बिनी प्रदेशका सभापतिको हस्ताक्षर समावेश छैन।












प्रतिक्रिया दिनुहोस्