काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन्।
नेपाली समाज भारतको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन प्रचण्ड आइतबार भारत प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ।
कार्यक्रममा उनले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको सुदृढीकरण, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक धारणा राख्ने बताइएको छ।
सो कार्यक्रम नयाँ दिल्लीस्थित लाजपत भवनको अडिटोरियममा सोमबार दिउँसो १ बजे आयोजना हुनेछ। भारत प्रस्थानअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको पनि सचिवालयले जानकारी दिएको छ।










प्रतिक्रिया दिनुहोस्