images
images

महाधिवेशन स्थगनपछि कांग्रेसमा खैलाबैला

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार पार्टीको नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनतर्फ जानुपर्ने घोषणा गरेपछि नेपाली कांग्रेसभित्र तीव्र हलचल देखिएको छ। महामन्त्रीहरूले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको आह्वान गरेलगत्तै पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका थिए।

छलफलका क्रममा देउवाले विशेष महाधिवेशन कुनै पनि हालतमा गर्न नहुने भन्दै यसले पार्टी विभाजनतर्फ लैजान सक्ने चेतावनी दिएका छन्। उनले यस विषयमा आज पनि पार्टीका शीर्ष नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन्।

यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्