काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्रीमा नियुक्त हुने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्ने तयारी भएको हो।
माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरेका थिए । तत्कालिन माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।
यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा कोभिड–१९ महामारीका बेला गठन भएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर उनले काम गरेका थिए।










प्रतिक्रिया दिनुहोस्