धनुषा । मधेश प्रदेश सभामा सभामुख पदका लागि आज निर्वाचन हुँदैछ। सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट पदमुक्त गरेपछि नयाँ सभामुख चयन गर्न लागिएको हो। मण्डलमाथि पदअनुकूल आचरण नगरेको आरोप लगाइएको थियो।
सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। सातदलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादव र नेकपा एमालेबाट प्रदेश सभा सदस्य त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ। उक्त बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।











प्रतिक्रिया दिनुहोस्