images
images

बिबिसीमाथि ट्रम्पको गम्भीर आरोप : १० अर्ब डलरको मानहानि मुद्दा दायर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको सरकारी प्रसारण संस्था बीबीसीविरुद्ध ५ अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मानहानिको मुद्दा दायर गरेका छन् । सन् २०२१ जनवरी ६ मा दिएको आफ्नो भाषणलाई तोडमोड गरी प्रसारण गरिएको दाबी गर्दै ट्रम्पले बीबीसीमाथि कानुनी कारबाही थालेका हुन् ।

ट्रम्पका अनुसार बीबीसीले उनको भाषणका केही अंश मात्र जोडेर प्रस्तुत गर्दा उनले आफ्ना समर्थकहरूलाई अमेरिकी संसद् भवन क्यापिटलमा आक्रमण गर्न उक्साएको जस्तो गलत सन्देश गएको छ । जबकि सोही भाषणमा उनले समर्थकहरूलाई शान्तिपूर्ण रूपमा विरोध गर्न आग्रह गरेको महत्वपूर्ण अंश जानाजानी हटाइएको उनको आरोप छ ।

सीएनएनका अनुसार उक्त प्रसारणका कारण आफ्नो व्यक्तिगत छवि र आर्थिक हैसियतमा गम्भीर क्षति पुगेको दाबी गर्दै ट्रम्पले कम्तीमा ५ अर्ब डलर क्षतिपूर्ति माग गरेका छन् ।

यस विषयमा बीबीसीले भने यसअघि नै सम्पादनमा त्रुटि भएको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागिसकेको जनाएको छ । तर, ट्रम्पले दायर गरेको मुद्दामा ठोस कानुनी आधार नभएको बीबीसीको प्रतिक्रिया छ । विवादित वृत्तचित्र प्रसारण प्रकरणपछि बीबीसीका दुई जना उच्च तहका अधिकारीहरूले राजीनामा दिएको तथ्य पनि सार्वजनिक भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्