काठमाडौं । नेपाल प्रिमियर लिगमा भीम सार्कीको आक्रामक अर्धशतकको बलमा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन जोड्यो।
काठमाण्डुको इनिङ्सलाई ओपनर वेन चार्ल्सवर्थले सम्हाले, जसले ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए। मध्यमक्रमबाट भीम सार्कीले आक्रामक प्रदर्शन गरे — उनले २३ बलमै ५५ रन प्रहार गर्दै काठमाडौंलाई प्रतिस्पर्धात्मक स्कोर दिलाए। अन्य ब्याटरबाट भने उल्लेखनीय योगदान आएन।
पोखराका बलर धनञ्जय लक्षम उत्कृष्ट रहे, उनले ४ विकेट झारे। कप्तान कुशल भुर्तेलले २ तथा विपीन खत्री र किरण ठगुन्नाले १–१ विकेट लिए।
आजको खेल काठमाडौंका लागि प्लेअफ सुनिश्चित गर्ने अवसर हो भने पोखराका लागि पनि प्लेअफ आशा जोगाइराख्न जित अपरिहार्य छ।








प्रतिक्रिया दिनुहोस्