कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले संविधानलाई गतिशील दस्तावेजका रूपमा व्याख्या गर्दै शासकीय प्रणालीमा व्यापक सुधारको प्रस्ताव अघि सारेको छ। बुधबार काठमाडौंमा आयोजित पार्टी घोषणा कार्यक्रममा पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै वर्तमान व्यवस्थाले स्थिर सरकार बनाउन नसक्ने निष्कर्ष प्रस्तुत गर्यो।
घोषणापत्रका अनुसार हालको निर्वाचन प्रणालीले बलियो र स्थिर सरकार निर्माण लगभग असम्भव बनाइरहेकाले यसमा संरचनात्मक सुधार आवश्यक छ। त्यसैगरी, शासकीय सुधारको एजेन्डामा पार्टीले मन्त्रालयहरूलाई पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
पार्टीले सांसद नभएकालाई पनि मन्त्री बनाउने व्यवस्था गर्न सकिने उल्लेख गरे पनि परराष्ट्र, गृह, कानुन र रक्षा जस्ता संवैधानिक रूपमा संवेदनशील मन्त्रालय भने संसद सदस्यले नै सम्हाल्नुपर्ने मत राखेको छ।
‘हेर्नुहोस् पूर्णपाठ’










प्रतिक्रिया दिनुहोस्