काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार जारी विज्ञप्तिमार्फत उनले अध्यक्षको उम्मेदवार बन्ने निर्णय औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।
पोखरेलका अनुसार, पार्टीको पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता तथा कार्यकर्ताबाट आएको आग्रह र सुझावलाई ध्यानमा राख्दै उनले उम्मेदवारी दिने निर्णय गरेका हुन्। उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षासमेत व्यक्त गरेका छन्।
तर, मंसिर अन्तिम साता हुने एघारौं महाधिवेशनमा ओलीले नेतृत्व छोड्ने तयारी नगरेको देखिएको छ। तेस्रोपटक अध्यक्ष बन्नका लागि ओलीले पार्टी विधानसमेत संशोधन गरिसकेका छन्। जेन–जी आन्दोलनपछि राजनीतिक परिवेश फेरिएकोले, पोखरेलले ओलीले नेतृत्व छोड्नुपर्ने तर्क गर्दै आएका छन्।












प्रतिक्रिया दिनुहोस्