images
images

सिमरामा आज पनि जेनजी समूहको प्रदर्शन

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा बिहीबार भएको कुटपिट घटनामा संलग्नलाई कारबाहीको माग गर्दै जेनजी समूहका युवाले शुक्रबार पनि प्रदर्शन जारी राखेका छन्।नेकपा एमालेका नेतामाथि कारबाहीको माग गर्दै जेनजी युवाहरू बिहानैदेखि सिमरामा विरोधमा उत्रिएका हुन्।

बिहीबार एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल, सुमन प्याकुरेल लगायतका नेताहरू विमानस्थल आउने कार्यक्रम रहेकाले उनीहरूलाई स्वागत गर्न पुगेका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएको थियो।

झडपकै कारण विमानस्थल केही समयका लागि बन्द गर्नुपरेको थियो। सोही घटनाको आधारमा प्रहरीले २ जना वडा अध्यक्षलाई हिरासतमा लिएको छ, भने जेनजी युवाहरूले थप कारबाहीको माग राख्दै आन्दोलन निरन्तरता दिएका छन्।

प्रतिक्रिया दिनुहोस्