images
images

चुनाव सहभागिता बढाउन प्रधानमन्त्री कार्कीको सबै दलसँग संयुक्त छलफल

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगमा दर्ता भएका १२३ राजनीतिक दलसँग संयुक्त छलफल गर्ने निर्णय गरेकी छन्। उनका अनुसार, सबै दलका प्रतिनिधिलाई बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बोलाइएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

हाल चुनावमा सहभागी हुने दल दर्ता प्रक्रिया चलिरहेका बेला, सहभागिता सुनिश्चित गर्न तथा आवश्यक समन्वयका लागि प्रधानमन्त्रीले सबै दलसँग एकैपटक संवाद गर्न लागेको बताइएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू तथा जेनजी प्रतिनिधिसँग छुट्टाछुट्टै र संयुक्त रूपमा छलफल गरिसकेकी छिन्। तर शीर्ष दलका नेताहरूसँग भने उनी अझै भेटघाटमा जुट्न सकेकी छैनन्। हालै मात्र प्रबुद्ध व्यक्तिहरूको समूहले प्रधानमन्त्रीलाई शीर्ष नेतासँग संवाद बढाइ निर्वाचनको वातावरण सहज बनाउन सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्