काठमाडौं — नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित आठ कम्युनिस्ट घटकबीच पार्टी एकताको सहमति भएको छ। पार्टीको नाम टुंगो लाग्न बाँकी भए पनि चुनाव चिन्हका रूपमा पाँच कुने तारा रहने सहमति गरिएको छ। आइतबार शीर्ष नेताहरूले पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार आगामी कात्तिक १९ गते पार्टी एकताको औपचारिक घोषणा गरिनेछ। त्यस्तै, ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरिएको छ।
नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेलिनवाद रहने उल्लेख गरिएको छ। एकता महाधिवेशन सम्पन्न नहुन्जेलसम्म संयोजक र सहसंयोजकको संयोजनमा पार्टी सञ्चालन हुनेछ।
सहमति पत्रमा हस्ताक्षर गर्ने दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) रहेका छन्।











प्रतिक्रिया दिनुहोस्