images
images

आजदेखि लागू भयो जाडो समय, सरकारी कार्यालय अब बिहान १० देखि दिउँसो ४ बजेसम्म

काठमाडौँ -सरकारले चालू आर्थिक वर्षका लागि तोकेको कार्यतालिका अनुसार आज (कात्तिक १६ गते) देखि देशभरका सरकारी कार्यालयहरूको कार्यसमय घटेको छ। जाडो मौसम सुरु भएसँगै प्रत्येक वर्ष झैँ यस अवधिमा कार्यालय समय एक घण्टा छोट्याइने प्रथाअनुसार यो वर्ष पनि नयाँ समय लागू गरिएको हो।

सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मका लागि कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कायम गर्ने निर्णय गरेको छ। यसअघि अन्य समयमा कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुँदै आएको थियो।

शुक्रबारको कार्यालय समय भने पहिलेझैँ दिउँसो ३ बजेसम्म रहनेछ। यो व्यवस्था जाडो महिनामा घाम ढिलो उदाउने र चाँडै अस्ताउने भएकाले कर्मचारी र सेवाग्राही दुवैको सहजतालाई ध्यानमा राखी लागू गरिएको हो।  सबै संघीय मन्त्रालय, निकाय, विभाग, आयोग, प्राधिकरण, बोर्ड र सरकारी कार्यालयहरूमा उक्त समय एकरूप रूपमा लागू हुनेछ। प्रदेश र स्थानीय तहका कार्यालयहरूले पनि आफ्ना प्रदेशीय कानुन र प्रशासनिक व्यवस्था अनुसार आवश्यक परिमार्जन गर्न सक्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्