नेपाल एफएम नेटवर्कले आइतबार “मिथ्या र भ्रामक सूचनाः चुनौती र समाधान” विषयक विशेष सार्वजनिक सुनुवाई आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रिय सभाका विधायन समिति सदस्य, पत्रकार महासंघका नेतृत्व, विज्ञ तथा जेनजी युवाहरू सहभागी भए ।
कार्यक्रममा वक्ताहरूले अहिले समाजमा फैलिरहेको भ्रामक सूचना खतरनाक बन्दै गएको बताएका छन्। एमाले प्रमुख सचेत तथा राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईले गलत र भ्रामक सूचनाले देश नै डरलाग्दो अवस्थामा पु¥याएको छ । सामाजिक सञ्जाल विधेयकलाई यसै सन्दर्भमा छलफल गर्ने प्रतिबद्धता रहेका बताए ।
त्यस्तै, विधायन समिति सदस्य गंगा कुमारी वेल्वासेले “सामाजिक सञ्जालमा फैलिने गलत सूचनाले आम जनतालाई भ्रममा पारिरहेको छ। यस विषयमा विशेष ध्यान दिन आवश्यक रहेका बताइन् ।
नेपाल पत्रकार महासंघका महासचिव रामजी दाहालले पत्रकार महासंघले समाजमा फैलिने भ्रामक सूचना गम्भीरतापूर्वक अनु
गमन गरिरहेको बताए । उनले थपे, “मिडियामा मात्र नभई सामाजिक सञ्जालमा फैलिने गलत सूचना पनि अध्ययनको विषय हो । त्यसको निगरानीमा फरक दृष्टिकोणबाट काम भइरहेको छ ।”
विज्ञ प्रजेश सुवेदीले “मिथ्या र भ्रामक सूचनालाई फरक दृष्टिकोणबाट हेरेर राज्यले कदम चाल्नुपर्छ। समाज ठूलो खतरामा छ ।” उनले सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक र मिथ्या सूचनाको प्रमुख विषय अहिले जेनजी आन्दोलनसँग जोडेर प्रचार भएपनि यो सधै खतराको विषय रहेको बताए ।
डिजिटल मिडियाविज्ञ प्रवेश सुवेदीले सूचनाको गलत बुझाइ र दुरुपयोगले सानो घटनाले पनि ठूलो रूप लिइरहेको बताए । सङ्कटका बेला सूचनाको दुरुपयोग गर्ने समूह बढ्ने भएकाले सूचनाको सहि र पारदर्शी सम्प्रेषण गरिनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सहभागी जेनजी समूहका युवाहरूले अनुभव सुनाए कि आफूहरू थाहा नपाई भ्रामक सूचना पछ्याउन बाध्य भएका छन्। उनीहरूले हरेक क्याम्पसमा युवाहरूलाई यस्तो विषयमा प्रशिक्षण दिनुपर्ने माग राखे ।
कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो। आयोजकहरूले सामाजिक सञ्जालमा फैलिरहेको मिथ्या र भ्रामक सूचना रोक्न जनचेतना र स्रोत प्रमाणित गर्ने अभ्यास आवश्यक रहेको बताएका छन् ।
कार्यक्रमा भ्रामक र मिथ्या सूचनाबाट जोगिन आएका सुझाव / उपायहरूः
-
आधिकारिक स्रोतमा भरोसा गर्नुहोस्ः सरकारी वा आधिकारिक मिडियामा मात्र समाचार भरोसा गर्नु ।
-
सूचनाको स्रोत जाँच गर्नुहोस्ः मूल स्रोत पत्ता लगाउनु र अस्पष्ट भए विश्वास नगर्नु ।
-
सामाजिक सञ्जालमा सतर्क रहनुहोस्ः भाइरल पोस्ट तुरुन्त सेयर नगर्नु, फोटो / भिडियोको सत्यता जाँच गर्नु ।
-
तथ्य जाँच गर्ने बानी बसाल्नुहोस्ः नेपाल फ्याक्ट चेक, टेकपाना फ्याक्ट चेक जस्ता वेबसाइटहरू प्रयोग गर्नु ।
-
सञ्चार माध्यमका अतिरञ्जित हेडलाइनबाट सचेत रहनुहोस र हेडलाइन अत्यधिक भ्रामक भए त्यस्ता समाचारबाट दूरी कायम गर्नु ।












प्रतिक्रिया दिनुहोस्