images
images

राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाबाट ५ करोडभन्दा बढी नगद र १८ किलो सुन लुटपाट

काठमाण्डौ – ‘जेन–जी’ आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड १५ लाख रुपैयाँ नगदसहित करिब १८ किलो सुन लुटिएको खुलेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले एक पोडकास्टमार्फत यसबारे जानकारी दिनुभएको हो।

भदौ २४ गते प्रदर्शनकारीहरूले संसद् भवनमा आक्रमण गर्ने क्रममा नजिकैको वाणिज्य बैंक शाखामा समेत तोडफोड र लुटपाट भएको बताइन्छ।बैंकका अनुसार चोरी भएको सुन धितोका लागि राखिएको हो, जसको बीमा गरिएको छ।

राष्ट्र बैंकले दिएको विवरणअनुसार आन्दोलनका क्रममा देशभर ६८ वटा बैंक तथा वित्तीय संस्थाका शाखा र एक्सटेन्शन काउन्टर, ६९ वटा एटीएममा तोडफोड र आगजनी भएका छन्। राष्ट्र बैंकले क्षतिको विस्तृत तथ्यांक संकलन भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्