काठमाडौं । नेपाली सेनाले पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न माध्यममार्फत फैलाइएका भ्रामक र गलत समाचारप्रति सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत जारी गरिएको सूचनामा भनिएको छ, “नेपाली सेनाबारे विभिन्न टिका टिप्पणी, विश्लेषण र धारणा सम्प्रेषण भइरहेका छन्। कृपया गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्नुहुन सबैलाई अनुरोध गर्दछौं।”
सेनाले आवश्यक जानकारीका लागि जनसम्पर्क निर्देशनालय वा स्थानीय पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि आग्रह गरेको छ।
यो स्पष्टीकरण गएराति “सेनाले सत्ता पूर्वराजालाई हस्तान्तरण गर्दैछ” भन्ने खालको प्रचार प्रसार भएपछि आएको हो।












प्रतिक्रिया दिनुहोस्