images
images

सेनाले विना काम बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह

काठमाडौं : जेन–जेड आन्दोलनका क्रममा भौतिक संरचनामा क्षति पुगेपछि मंगलबार राति १० बजेदेखि काठमाडौंका सडकमा नेपाली सेना र अन्य सुरक्षा निकायहरू गस्तीमा खटिएका छन्। सेनाले विना काम घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै बाहिर हिँडेका व्यक्तिहरूलाई घर फर्काइरहेको छ।

आकस्मिक सेवामा संलग्न व्यक्तिहरूलाई भने सोधपुछ र परिचयपत्रको आधारमा आवतजावतको अनुमति दिइएको छ। आन्दोलनकारीले आगजनी गरेको संसद भवनमा सेनाले सर्वसाधारणको प्रवेशमा रोक लगाएको छ। यस्तै अन्य सरकारी तथा संवैधानिक निकायहरूमा पनि सेना र सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्