images
images

कर्फ्यूको बावजुद नयाँ बानेश्वरमा जेन–जी भेला

काठमाडौँ – नयाँ बानेश्वर क्षेत्रमा जेन–जी प्रदर्शनकारीहरू पुनः भेला हुन थालेका छन्। विभिन्न स्थानबाट आएका उनीहरू प्रदर्शनको तयारीमा जुटिरहेका छन्।

सोमबार सेनाले नियन्त्रणमा लिएको उक्त क्षेत्रमा आज युवाहरू स्वस्फूर्त रूपमा जम्मा हुन थालेका हुन्। अन्य स्थानहरूमा पनि समानान्तर रूपमा प्रदर्शन सुरू भएको खबर आएको छ।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध सोमबारदेखि सुरू भएको आन्दोलनमा अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। मृतकमध्ये १७ जना काठमाडौंमा र २ जना उपत्यका बाहिर रहेका छन्।

सोमबार संसद भवनभित्र प्रवेश गरेका जेन–जी प्रदर्शनकारीलाई प्रहरीले गोली चलाएपछि ठूलो संख्यामा क्षति भएको हो। आन्दोलनलाई नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्