images
images

माइतीघरमा जेन जेडको प्रदर्शन, घुसपैठ हुनसक्ने भन्दै सतर्कता

काठमाण्डौ – सन् १९९७ देखि २०१२ बीच जन्मिएका ‘जेन जेड’ पुस्ताले आज काठमाण्डौमा प्रदर्शन गर्ने भएका छन्। बिहान ९ बजेदेखि माइतीघर मण्डलामा सुरु हुने प्रदर्शनलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी अनुमति दिएको छ। विभिन्न व्यक्ति तथा समूहले समर्थन जनाएका कारण प्रदर्शनमा ‘घुसपैठ’ हुन सक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।

हालै हिंसात्मक प्रदर्शनको आरोपमा पक्राउ परेर छुटेका दुर्गा प्रसाईँले समेत प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्। प्रशासनले आयोजकलाई सतर्क रहन आग्रह गर्दै कानुनविपरीतका गतिविधि हुन नदिने जनाएको छ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि ‘जेन जेड’ पुस्ताले भ्रष्टाचार अन्त्य लगायतका नारा उठाउँदै प्रदर्शन गर्न लागेको हो। यसैबीच, विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्ड चलाउँदै पद र शक्ति प्रयोग गरेर विशेष सुविधा उपभोग गर्नेहरूविरुद्ध अभियान चलाएका छन्।

प्रतिक्रिया दिनुहोस्