images
images

सिटी एक्सप्रेसको चाडपर्व अफर: हरेक हप्ता १ लाख र दैनिक क्याशब्याक

काठमाण्डौ – चाडपर्वको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ उपहार योजना सार्वजनिक गरेको छ। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुरु गरिएको यो योजना ९ हप्तासम्म चल्नेछ।

योजना अन्तर्गत, सिटी एक्सप्रेसमार्फत विदेशबाट नेपालमा पैसा पठाउने सेवाग्राहीहरू लक्की ड्रमार्फत हरेक हप्ता १ लाख रुपैयाँ जित्न सक्नेछन्। साथै, सिटी पे वालेटमार्फत कारोबार गर्ने सेवाग्राहीहरूले हरेक दिन क्याशब्याकको सुविधा पनि पाउने कम्पनीले जानकारी दिएको छ।

उपहार योजना भदौ १७ गते (सेप्टेम्बर २) देखि कात्तिक १५ गते (नोभेम्बर १) सम्म लागू हुनेछ। विजेता छनोट विद्युतीय प्रणालीद्वारा गरिनेछ भने सिटी एक्सप्रेसका कर्मचारीहरू भने योजनामा सहभागी हुन अयोग्य हुनेछन्।

१९ वर्षदेखि रेमिट्यान्स सेवा दिँदै आएको सिटी एक्सप्रेसले हालै ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ। अब सिटी पे प्रयोग गरी रेमिटेन्स रकमको भुक्तानी समेत लिन सकिने सुविधा उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस्