काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आजदेखि तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा हुन लागेको यो भ्रमण भियतनामतर्फबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो भन्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।
भदौ ७ देखि ९ गतेसम्म रहने भ्रमणका क्रममा उपराष्ट्रपति सुआन र उपराष्ट्रपति यादवबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। त्यसबाहेक उनले नेपालका अन्य उच्चपदस्थ व्यक्तिहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने तालिका रहेको छ। नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरसँगै यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। भ्रमण सम्पन्न गरी उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फर्किने कार्यक्रम छ।








प्रतिक्रिया दिनुहोस्